Friday, January 25, 2013

गजल

आँखै अघि कति मारिए , लेखाजोखा खै त आज ?
आफ्नै चेली कति बेचिए , लेखाजोखा खै त आज ?

राजा रानी सखाप पारि , सन्तती नै मास्दा पनि ,
योजनाकार को को थिए , लेखाजोखा खै त आज ?

 

 राष्ट्र भक्ती शिरमा राखि , वीर सहिदले हिजो ,
मुस्कान छोड्दै प्राण दिए , लेखाजोखा खै त आज ?

Saturday, January 19, 2013

गजल,


फर्किन्छु म घर भन्दा , आउ भनिन मलाइ
बिरामी छु भन्दा दबै , खाउ भनिन मलाइ !!

काम गर्न नसकेसी , पठाई दियो नेपाल 

 घर पुग्दा छोरीले नी , बाउ भनिन मलाइ !!

किन भयो आफन्त नि , जागिर संगै पराइ
श्रीमतीले कस्तो भा'छ , घाउ भनिन मलाइ !!

गजल,


आँखाभरि देशको छायाँ मनमा मायाँ सजाइ राखौँ |
मुटुमाँझ   जीवनभरि    मेचीकाली   बगाइ राखौँ |

मोतिसरि  टल्कने ती   आहा! हिमाल कति प्यारा ,
सारा हिमाल स्वच्छ राखी हाँस्दै गाउँदै रमाइ राखौँ |

पसिनाले    माटो भिजाई   कर्म गरे    देश बन्छ ,
हिम्मत राखी कर्तब्यका पाइलाहरु लम्काइ राखौँ |

गजल


हर्ष ऊत्साह छ यो मनमा।
जोश जाँगर छ यो तनमा॥१

अर्काको नक्कल नगर्नु है।
गौरब छ नेपाली पनमा॥२

हातको मैला सुनको थैला।
खाली मन नलानु धनमा॥३

तस्बिरे गजल


Monday, January 7, 2013

गजल

हिमाल रुन्छ पहाड रुन्छ तराई रुन्छ सधै।
लुटिन्छ की बन्दी शरीर डराई रुन्छ सधै।

आफ्नै दाजुभाई सन्तान लड्दा आपसमा,
भित्र भित्रै आफ्नै मुटु जलाई रुन्छ सधै।

इतिहास लेख्ने बीर छोरा सम्झिएर,
ठाडो शिर सगरमाथा ढलाई रुन्छ सधै।

गजल

रमाँउछु गाउँ बेँशी बन पाखामा
दोहोरी र झ्याउरेको लोक भाकामा ।

सल्लाघारी सुसाउछ चिसो वतास
हिमालको तस्वीर छ मेरो आँखामा ।

चौबन्दी र फरीयामा नारी धपक्क
कति राम्रो खुल्छ शिर टोपी ढाकामा ।