नदीसरि बग्छ जीवन बाधले कहाँ छेक्न सक्छ |
चम्किएको सूर्यलाई हातले कहाँ छेक्न सक्छ |
रम्छ सधैँ जूनको किरण यति सुन्दर धरती चुमी ,
त्यती मधुर किरण जूनको दागले कहाँ छेक्न सक्छ |
बढिरन्छ संघर्षको यात्रा मेरो गन्तब्यमा ,
आँधी रोक्ने पहाडैको आँटले कहाँ छेक्न सक्छ |
परिश्रमले फुल्छ फूल रेगिस्तानको बगरमाथि ,
घाम पिउँदै साँचेको त्यो तापले कहाँ छेक्न सक्छ |
चलिरन्छ कलम मेरो सधैँ सत्य ओकलेर ,
खुकुरी या तरबारैको धाकले कहाँ छेक्न सक्छ |
टिका खड्का (राष्ट्रप्रेमी)
मधुमल्ला-४
मोरंग ,

No comments:
Post a Comment