वाह! को ताली पनि आएन,
छ्या! को गाली पनि आएन ।
सिउँदो भर्छु भन्थेँ एउटीको,
निधार खाली पनि आएन।
दुध आजकलको खाट्टी रे,
तात्यो त छाली पनि आएन ।
फूलको बगैँचा शुनसान छ,
कहाँ छ माली पनि आएन ।
धेरै भो मन्दिरमा पर्खेको,
टिकाको थाली पनि आएन ।
कोईली चरी रुदैछ जंगलमा,
वहार,लाली पनि आएन ।
मरेर खट्ने ति किसान हुन,
सोचेको बाली पनि आएन ।
बिछोड टुङ्ग्याऊँ भन्छ स्मृती,
मिलन्को आली पनि आएन ।
लक्ष्मी स्मृती
बिराटनगर।
छ्या! को गाली पनि आएन ।
सिउँदो भर्छु भन्थेँ एउटीको,
निधार खाली पनि आएन।
दुध आजकलको खाट्टी रे,
तात्यो त छाली पनि आएन ।
फूलको बगैँचा शुनसान छ,
कहाँ छ माली पनि आएन ।
धेरै भो मन्दिरमा पर्खेको,
टिकाको थाली पनि आएन ।
कोईली चरी रुदैछ जंगलमा,
वहार,लाली पनि आएन ।
मरेर खट्ने ति किसान हुन,
सोचेको बाली पनि आएन ।
बिछोड टुङ्ग्याऊँ भन्छ स्मृती,
मिलन्को आली पनि आएन ।
लक्ष्मी स्मृती
बिराटनगर।
No comments:
Post a Comment