लक्ष्य हाम्रो एक थियो बाटो हाम्रो अलग
जन्म हाम्रो एक थियो माटो हाम्रो अलग ||
ब्यथा हाम्रो एकै थियो गाठो हाम्रो अलग
यात्रा हाम्रो एकै थियो बाटो हाम्रो अलग ||
पस्ने ढोका एकै थियो साचो हाम्रो अलग
हातो हाम्रो एकै थियो जातो हाम्रोअलग ||
मुटु हाम्रो एकै थियो नातो हाम्रो अलग
हिसाब हाम्रो एकै थियो खातो हाम्रो अलग ||
No comments:
Post a Comment