तिमी लाई खुशी छर्न कडा माथि टेके मैले
थाहा थियो जानी जानी आफ्नै गला रेटे मैले ||
आझ राती किन फेरी तिमी लाई देखे मैले
तिम्रै लागि यहाँ आँफै लाई आँफै बेचे मैले ||
आशा टुट्यो चाह हरु मेरा मारी दिए मैले
पिडा बोक्छु खुशी जती तिम्रो नाम लेखे मैले ||
थाहा थियो पिडा हुन्छ छाती चिरी दिए मैले
दसैं मान सदा सदा सारा दर्द देखे मैले ||
No comments:
Post a Comment