जानी जानी चोट दियौ हासी हासी लिए
जानी जानी मुटु चिर्यौ खुशी खुशी सिए ||
भित्र भित्रै पिडा भयो कता कता आझ
गार्हो भयो बाँच्न अनी हल्का हल्का पिए ||
अन्तै माया साट्या रैछ छेउ किन आयौ
आशु झर्यो मन रोयो बिदा मैले दिए ||
जाउ टाढा तिमी अब अन्तै तिर कतै
माया गसी तिमी सँग जस्ता सरी खिए ||
No comments:
Post a Comment