Tuesday, June 29, 2010

मुक्तक (निराशा भित्र को आशा )

अरुलाई उज्यालो दिनु छ भने मैन सरी आफै जल्नु पर्दछ
पिडा त हुन्छ नै जलन को अन्धयारोमा रोइदिन्छु कस्ले देख्छ र |
खुशीको प्रकाश छर्नु लाई जुन तारा होइन सुर्य नै बन्नु पर्दछ
माया को ज्योति फैलन्छ यहाँ कालो बादलले कतिबेर छेक्छ र ||

देखाउदिन म तिमीलाई सपना महलको जो पलमै भत्कने छ
कल्पनै गर्दिन म सुन्दर संसारको म आफै पानी चुइने झुपडिमा बसेको छु |
आरोह अबरोह हजार छन म मा जुन औशी को अन्ध्यारो रात सरी
कसरी तारिदिउ मायाको सागर तिमीलाई म म जो आँफै किनारामा फसेको छु ||

अतित ले दिएको तितो बर्तमानले खुशी छर्न त पक्का सक्दैन
वास्तविकता भित्र लुकेको यथार्थ लाऐ नक्कली खास्टोले छोपेको छु |
निस्ठुरी धोकेबाज स्वार्थी मान्छेकै हुलमा उभिएको छु म पनि यहाँ
आशा गर्छु फुल्दछ फुल २ थुङा माया को मैले पनि यहाँ बिज रोपेको छु ||

No comments:

Post a Comment