Thursday, July 1, 2010

अचेल

किन किन बिना बादल झरी दर्की दिन्छ अचेल
किन किन बिना कारण मुटु चर्की दिन्छ अचेल ||

मरी गको माया अचेल छैन तिम्रो मुटु माझमा
किन झिनो आश पलाइ माया फर्की दिन्छ अचेल ||

आफ्नो ठाने आफ्नै पराइ ठाने हुन्छ माया ममता
किन होला तिमी मलाई छोडि तर्की जाने अचेल ||

देउ लिन्छु थाप्छु अन्जुली अझै पनि पर्खि बसेको
केही हुन्न हाम्रो जिबन तेसै लर्की जान्छ अचेल ||

No comments:

Post a Comment