Thursday, July 8, 2010

प्यारो

जहाँ जन्मे जहाँ हुर्के त्यही गाउँ प्यारो
गोरे जुठे हर्के बिर्खे मेरै नाउ प्यारो ||

गाई भैंसी बाख्रा पाठा साथी सँगी मेरा
भिर पाखा जस्तो भानी आफ्नै ठाउँ प्यारो ||

सिठो पिठो ढिडो लिटो खान्छौ मिली जुली
मारे काटे जसो गरे आफ्नै बाउ प्यारो ||

जाही जुही चमेलीको बास्ना कती मिठो
बिदेशको साउ भन्दा दुख्ने घाऊ प्यारो ||

No comments:

Post a Comment