
कैची किन चलाऊछौ ?के म कागजी फुल हुँ र ?
पिडा किन बडाउछौ ?मैले जन्मनु भुल हो र ?
सके सम्म लडाउछौ बरा मलाई भन्ने को छ
कती चुस्छौ तर्याउछौ ?के म बर्षाको मुल हुँ र ?
कुरा काट्दै हिड्नेगर्छौ गाँउ शहर गल्ली गल्ली
कती दल्छौ आझै पनि के म जुत्ताकै सुल हुँ र ?
पूजा गर्थे तिमीलाई म त मन्दिर सरी ठानी
कस्तो पिडा हुने के म झरी गाको फुल हुँ र ?
जीतु के सी अभागी ( गाँउले भाई )
मोरङ उर्लबारी
हाल बालुवाटार साउदी अरब
No comments:
Post a Comment