
फुलजस्तो काखमा मेरो बस्दाखेरी कस्तो लाग्यो
पिरतीको डोरिमा आज कस्दाखेरी कस्तो लाग्यो ||
आँगानीमा जुनकिरीको रसलीला देखे पछि
दैलो खोली मझेरीमा पस्दाखेरी कस्तो लाग्यो ||
हिजो अस्ति भिरमा खस्यौ कहिले तिरमा खस्यौ
आज मेरो अँगालोमा खस्दाखेरी कस्तो लाग्यो ||
मस्त-मस्त लोलाएका नजरहरु बोल्दा खेरि
यी अधरले तिमीलाई डस्दाखेऱी कस्तो लाग्यो ||
विजय अधिकारी
हाल दोहा कातर
No comments:
Post a Comment