
किन त्यस्तो गर्यौ शिरै झुक्ने गरी
किन यस्तो गर्यौ मुटु दुख्ने गरी ||
लिनु दिनु के नै बच्यो हामी माझ
रुनु पर्ला तिमी आँसु सुक्ने गरी ||
भुल भयो मैले चिन्न तिमी लाई
नाता तोड्यौ तिम्रो बाटो फुक्ने गरी ||
पिडा दियौ यती धेरै मुटु भरी
प्याला भित्र डुबे पिडा लुक्ने गरी ||
जीतु के सि अभागी (गाउले भाई )
उर्लबारी मोरङ
हाल साउदी अरब
No comments:
Post a Comment