बिछोडको बेदनाले रुदा तिम्रो आँशु सुक्यो कि
सम्झनाले सताउदा कतै तिम्रो छाती दुख्यो कि ||
गरीबीको भुमरिमा घुम्दै रहे जुनी भरी म
बैरी सामु बाध्यताले कतै तिम्रो सिर झुक्यो कि ||
ओइलेको फुल ठानी हाम्रो माँया भुलि दियौ कि
गंगा सरी हाम्रो चोखो माया मुटु भित्रै लुक्यो कि ||
गोधुली र मिर्मिरे झै पल भर भए होला म
स्वतन्त्रता धेरै भयो कतै तिम्रो बाटो फुक्यो कि ||
जीतु के सि अभागी (गाँउले भाई )
मोरङ उर्लाबारी
हाल साउदी अरब
No comments:
Post a Comment