Friday, August 13, 2010

मानबता

मेरो देश प्रिय लाग्छ सोर्ग एक छल हो
पाप पुन्य केही छैन कर्म ठुलो फल हो||

लामो छैन जुनी हाम्रो बाँच्न जाँन्दा जुनी त
घडी घुम्दै अन्त्य हुने जुनी एक पल हो ||

टुट्छ फुट्छ नाता भाग्य लाई दोस दिनु र
जाने सबै बाटो एकै पुग्नु माटो तल हो ||

काल भन्दा ठुलो वीर कोही हुन्छ होला र
माँया भए मुटु भित्र तेही ठुलो बल हो ||

No comments:

Post a Comment