Monday, August 16, 2010

दुखेको मुटु

तिमी खुशी हुने भए,जलेको मुटु सँगै जिउला म
तिमी सुखी हुने भए,उम्लेको बिष पनि पिउला म ||

माँया गर्नु पाप भए,सजाय देउ जती सहन्छु म
तिम्रो मुटु अन्तै जोड,फाटेको दिल आँफै सिउला म ||

प्राप्ती मेरो लक्ष्य छैन,मुस्कान छर्न खोजी रहन्छु म
खुशी सबै तिमी लाई,रोदन पिडा सबै लिउला म ||

बाँच्ने आशा छैन अब,बन्दगी कता राखौ जिबन यो
मुख मोडी हिन्छौ तिमी,मागी हेर ज्यानै दिउला म ||

जीतु के सी अभागी (गाउले भाई )
मोरङ उर्लाबारी
हाल साउदी अरब

No comments:

Post a Comment