
आँखा भए म तिमी नानी बन्नु ल
मुर्ख भए म तिमी ज्ञानी बन्नु ल ||
माया गर्छु म संधै हुन्छ भन्नु ल
कुवा भए म तिमी पानी बन्नु ल ||
यात्रा लामो छ साथ सँगै हिडौ है
राजा भए म तिमी रानी बन्नु ल ||
हात दिन्छु म साथ देउ तिमीले
जोगी भए म तिमी दानी बन्नु ल ||
जीतु के सी अभागी (गाउले भाई )
मोरङ उर्लाबारी
हाल साउदी अरब
No comments:
Post a Comment