Thursday, September 2, 2010

किन यस्तो हुन्छ मलाई

बाध्यताले ढाकर माथि भारी खप्दै रहे
आशाको दियो निभ्ला भनी तेल थप्दै रहे ||

सहयोगी समाज कुरिती ले जरा गाड्दा
अन्धकार जिबन राम नाम जाप्दै रहे ||

समयले दिएको घाऊ मेरो बल्झी रदा
ठगी दिदा कर्मले बेहोसीमा बक्दै रहे ||

दैब तेरो अनौठो लीला बुझ्नै गार्हो हुँदा
ऐठन पो परेछु आशु धारा पोख्दै रहे ||

जीतु खड्का
मोरङ उर्लाबारी

No comments:

Post a Comment