Monday, September 6, 2010

गाँउले


लुम्बिनीमा राल झार्ने तिनै पारी गाँउले
दसगजामा सीमा सार्ने तिनै पारी गाँउले ।

भाई बनी ढेपिंदै छ भित्र स्वार्थ लुकाई,
तराई(पहाड फाटो पार्ने तिनै पारी गाँउले ।|

आफ्नै आँगन पनि हाम्रो थियो भा’छ आज,
सिकिम(टिस्टा पारी सार्ने तिनै पारी गाँउले ।|

डुलाउँछन् कुटिल नजर हाम्रै सम्पदामा,
मित्र बनी मुक्का मर्ने तिनै पारी गाउँले ।|

हिमनदीको छालपनि कैद गर्न खोज्छ,
मध्यरातमा खोला बार्ने तिनै पारी गाँउले ।|
सम्भु कुमार निरौला

No comments:

Post a Comment