हिजो आझ किन किन लगन गाँठो कसौ कसौ लाग्छ
उनी सामु हुँदा आँफै नयन भित्रै बसौ बसौ लाग्छ |१|
कहाँ देखु कहाँ हुन्छ मलाई मोहनीले तान्यो क्यारे
माछा सरी जाल भित्रै मलाई आँफै फसौ फसौ लाग्छ |२|
उनी धर्ती आफु तारा मिलन हाम्रो कहिले हुने हो
उनी भेट्न तारा बनी धर्तिमा आँफै खसौ खसौ लाग्छ |३|
उनी बिना नागमणी झरेको नाग जस्तै हुन्छु होला
मायाको त्यो बिस छर्दै नागिन सरी डसौ डसौ लाग्छ |४|
जीतु खड्का
मोरङ उर्लाबारी
No comments:
Post a Comment