बुढो भा'को मेरो गोरु कहिले ब्याउने होला
चुइदै छ छानो मेरो कहिले छाउने होला ||१||
सासै फेर्न भ्याको छैन शाहुको ऋणले गर्दा
नयाँ दौरा मैले पनि कहिले लाउने होला ||2||
सामन्तीले दली रह्यो बिद्रोही को धम्की उस्तै
मैले श्रम गरी खान कहिले पाउने होला ||३||
भारी बोकी मेरो छोरा पाइला मिलाई हिड्छ
मेरो पनि छोरो स्कुल कहिले धाउने होला ||4||
जीतु खड्का ( गाँउले भाई )
No comments:
Post a Comment