
चाहानामा खुशी पाले मैले के बिराए
बाहानामा पिडा ढाले मैले के बिराए |१|
भित्र भित्रै पिल्सी सके दुखको रापले
गरीबीले दौरा टाले मैले के बिराए |२|
गरीबिको रेखा मुनी जाँतो पिसी रहे
छाक टार्न च्याख्ला चाले मैले के बिराए |३|
भोकै भए लाला बाला चुल्हो भो ओभानो
आफ्नै खुशी आँफै गाले मैले के बिराए |४|
बाध्यताको नाम्लो बुन्दै भासिए मुग्लान
गरीबीको लुतो फाले मैले के बिराए |५|
जीतु खड्का (गाउले )
मोरङ उर्लाबारी
हाल - बालुवाटार (साउदी अरब )
No comments:
Post a Comment