![]() |
| गजलकार- मोहन बिहानी |
नजुधाई आँखा तरेको पो राम्रो
लुकी छिपी माया गरेको पो राम्रो|१|
दु:खमा त भिजेकै हो नि परेली
खुशीमा हर्षासु झारेको पो राम्रो|२|
बसौ ए हजुर आउुनुस् भन्दा
नाइ भन्दै वर सरेको पो राम्रो|३|रिसाउदा राम्रो लाग्छ मलाई त
हाँस्दा डिम्पल परेको पो राम्रो|४|
मायामा बदनाम हुनै परेसी
बिहानी कै साथ मरेको पो राम्रो|5|

No comments:
Post a Comment