Monday, December 10, 2012

गजल

गजलकार-प्रजित कुवर
मन मिल्ने भेटेदेखि चोखो मायाँ गर्ने थिए
जिन्दगिका गोरेटोमा सँगै जँघार तर्ने थिए ।

हज्जारौँ चोट सहदै उनी आउने बाटोभरी
काँडाहरु हटायर पुष्प गुच्छा छर्ने थिए ।

उन सँगै अजम्बरी नाता गाँस्न पाय भने..
उनको खाली सिउदोलाई सिन्दुरले भर्ने थिए ।


चन्द्र मुखी मुहाय उनको सदा खुशी राख्न..
आफ्नै सम्झी सबै उनका दुखपिडा हर्ने थिए ।

परी जस्तै होलिन ऊनी मन यस्तै सोच्छ..
उनले हुन्छ भनीदिए मनि भर पर्ने थिए ।

No comments:

Post a Comment