Monday, December 10, 2012

गजल

जवानिको मोल मोलाई हुन्छ शहरमा
बैँशको नि तुल तोलाई हुन्छ शहरमा ।१


गजलकार-रोहित बिक्रम कुँवर
लुछातानी हुन्छ अस्मिता लुटेराहरुको
तिंघ्रे लफँगाको बोलाई हुन्छ शहरमा ।२|

साँचोपबित्र मायाको कदर गर्दै गर्दैन
शोषण धन्दा खोलाई हुन्छ शहरमा ।३|
 
पारदर्शी कात्राहरु अंग अंगमा टाटा खोपि
सोझा सिधाको त पोलाई हुन्छ शहरमा ।४|

कती स्वच्छ र शान्त हुन्छ मेरो गाँउ
कोलाहल कान टोलाई हुन्छ शहरमा ।५|

No comments:

Post a Comment