Monday, December 10, 2012

गजल


गजलकार-मायालु द्रोण बुढाथोकी



आफ्नै भबिश्य आज आँफैले अन्धकार देखेको छु
आफु मरेको सप्ना अचेल बारम्बार देखेको छु

कठै! बिचरा जस्ले धर्म गर्‍यो उसैको कर्म फुट्यो,
साच्चै यस्ता धेरै धेरै अभागी निधार देखेको छु

म सुम्पिदैन मुटु कसैलाई गर्दिन प्यार पनि,
यहाँ निश्चल चोखो पिरतीको ब्यापार देखेको छु

जहाँ नारिलाई देवी सम्मान पुजिन्छ त्यहाँ,
चेलीबेटी बेचबिखन ठुलो बजार देखेको छु

भन्न त भन्छन सबै छोराछोरी दुबै बाराबरी
छोरी जन्मिदा नाक खुम्च्याउने संसार देखेको छु

No comments:

Post a Comment