Monday, December 10, 2012

गजल

गजलकार  नबिन नेपाल
लुट्ने हरु जुटे रे, बाले भनेको
जुट्नु पर्ने फुटे रे, बाले भनेको

झरिमा कुटेको मुसो भयो देश
कुट्नु सम्म कुटे रे, बाले भनेको

एउटा ठुलो घरमा लुटेरा जान्छन
लुट्नु सम्म लुटे रे, बाले भनेको


सिधा साधा जनता जुधाइन्छन
जुध्नु सम्म जुधे रे, बाले भनेको

जनता र बर्दी सङै सडकमा
चुट्नु सम्म चुटे रे, बाले भनेको 

No comments:

Post a Comment