Sunday, December 9, 2012

गजल

गजलकार  TB  SAGAR

फरक लाग्छ, सारा प्रहर लाग्छ नौलो
यही हो त, फेरी शहर लाग्छ नौलो ।

छ पानी त, आफ्नै स्वरुपमा सदा झैं
र यो सत्य, दाजै नहर लाग्छ नौलो ।

विधान हेर, ब्रम्हाण्डको छैन अर्को
परे आफु , पीडा कहर लाग्छ नौलो ।



उतारेर, सारा कथा जिन्दगीको
गजल लेख्छु, साथी बहर लाग्छ नौलो ।

अनौठो छ, लाग्दैन आफ्नो कुनै पल
भएँ लास म, पापी ठहर लाग्छ नौलो ।

(फऊलुन् X ४ )
मुतकारिब मुसम्मन सालिम

No comments:

Post a Comment