Sunday, December 23, 2012

गजल


एक्लै हुँदा तिम्रो अभाब्  झेल्दैछु म प्रबाशमा
दुःख अनि आँशु संग  खेल्दैछु म प्रबाश मा |१|

 सम्झनाले जले पनि  कल्पनामा डुबे पनि
दुःख सम्झी भोक ताप  छेल्दैछु म प्रबाशमा |२ | 




बध्यातामा परेको छु  भनौ भने शत्रु हाँस्छ
पीडा सबै रोटि जस्तै  बेल्दैछु म प्रबाशमा |३ | 




जिम्बेवारी आफ्नै काँधमा लाला बाला पाल्नु पर्ने
जिन्दगीमा एक्लै डुंगा  हेल्दैछु म प्रबाशमा |४ | 




संगै जिउने संगै मर्ने रहर मेरो हुँदा हुँदै
दुई बर्षे करारनामा ठेल्दैछु म प्रबाशमा |५ |

संजय कुमार खड्का
हाल - साउदी अरब

No comments:

Post a Comment