Sunday, December 23, 2012

३ मुक्तक

१.
नहुथ्यो विछोड भयो भाग्य दोशी हो र ?
जानाजानी नाता तोड्नु कर्म खोटी हो र ?
पहिलो सिन्दूर जिउँदै छँदा मर्यो भनी फेरि
पराई हातले सिउँदो भर्नु कति चोटी हो र ?

२.
तड्पाएर मार्नु भन्दा गला  रेटी  मारे  हुन्थ्यो
भन्दिन म जून तारा  मेरो  लागि झारे हुन्थ्यो
जहाँ फुल्न मनछ तिम्रो ए फूल त्यतै फुल तिमी
भन्दिन म त्यो फूल  मेरै  दिलमा सारे हुन्थ्यो
३.
सुख सबै निश्ठुरीलाई दु:ख मेरो भागमा परोस्
मैले भन्दा निश्ठुरीलाई उसले धेरै माया गरोस्
सुनको महलमा  सुनको थाली सुनकै गाँस भरोस्
काँढा बिझे पाईतालामा फूल बनी ओईली झरोस् ।    

रचनाकार - निरु अभागी 

No comments:

Post a Comment