![]() |
| गोबिन्द आचार्य |
स्कुलमा सरले ,खेला'को याद छ !!
जब आफु हार्थ्यो नसकेपछी
कराउथ्यो रामे ,झेला'को याद छ !!
घर गयो सधैं होमवोर्क को भारी
होमवोर्कले खाजा सेला'को याद छ!!
हासी खुशी सधैं परिवार झै मिली
सम्बन्ध गुरु र , चेलाको याद छ !!
गैन्थ्यो बिदामा घास दाउरा गर्न
उकाली ओराली, मेलाको याद छ !!
कहिले पिकनिक त कहिले घुम्न
त्यो बर्खे झरि,आम- भेलाको याद छ !


No comments:
Post a Comment