भाइ भाइ लडे भन्दै मेचिले दुःख पोख्यो ।
सिमा क्षेत्र मिचिएछ कालिले दुःख पोख्यो ।।
छुट्टै पिडा बोकेको छ उ पनि निराश छ ,
बाध फुट्न थाल्यो भनि कोशिले दुःख पोख्यो ।।
जता ततै बिडम्बना सहन गाह्रो भा'छ ,
भोक मरि सुरु हुदा राप्तीले दुःख पोख्यो ।।
सु स्वास्थ्यको अभाबले बिरामी ढल्दै थिए,
औसधिको माग गर्दै भेरीले दुःख पोख्यो ।।
शान्तिका ति अग्रदुत बुद्धको जन्म थलो,
बिदेशीले आफ्नो भन्दा लुम्बिनीले दुःख पोख्यो ।।
रत्न शमशेर थापा 'निर्दोषी'
गजुल _ रोल्पा

No comments:
Post a Comment