आकाशवाणी
यो दुर छितिजले
उचालीरहेको
हरेक प्राणीको
एउटै आस्थाम – आकाश ।
तातो घाम छितिमा
बोकि बोकि
संसारलाई न्यानो दिँदा दिँदै
मेरो लम्बाई र चौडाईलाई
दर्शनले नाप्न छोडेर
जब बिज्ञानले नाप्न थाल्यो
त्यहि समय बाट बादल बोकेर
बस्न बिबस छु म ।
आज मेरो छाती चिरी चिरी
उडेका छन्
मेरै सन्तानका उपलब्धिहरु
बिज्ञानको नाममा
अर्को अर्को सन्तानको
अस्तित्व मेटाउन
फेरी
सिमे भूमेको पुजागर्दै
कतै चिच्याउँदै नमाग मलाई
मेरो आँशुको भेल
तिम्रो बर्खे बालीको नाममा ।
म दुखेको छु आज
तिम्रो उपलब्धि सँगै
र त
नदेउ मलाई दोश
तिम्रो धर्ती कतै मरुभूमी
कतै बगेछ भने भेल सँगै ।
घाम, जून र लाखौँ तारा
सँगै तिम्रो धर्ती बोकेको
म आकाश ।
तिम्रो क्षेप्यास्त्रले चिरेको
मेरो छाति त्यो
तिम्रो भूमिमा खस्यो भने
मेरो हैन लागेको चोट
तिम्रो हुने छ ।
– विकास बिम्बित
यो दुर छितिजले
उचालीरहेको
हरेक प्राणीको
एउटै आस्थाम – आकाश ।
तातो घाम छितिमा
बोकि बोकि
संसारलाई न्यानो दिँदा दिँदै
मेरो लम्बाई र चौडाईलाई
दर्शनले नाप्न छोडेर
जब बिज्ञानले नाप्न थाल्यो
त्यहि समय बाट बादल बोकेर
बस्न बिबस छु म ।
आज मेरो छाती चिरी चिरी
उडेका छन्
मेरै सन्तानका उपलब्धिहरु
बिज्ञानको नाममा
अर्को अर्को सन्तानको
अस्तित्व मेटाउन
फेरी
सिमे भूमेको पुजागर्दै
कतै चिच्याउँदै नमाग मलाई
मेरो आँशुको भेल
तिम्रो बर्खे बालीको नाममा ।
म दुखेको छु आज
तिम्रो उपलब्धि सँगै
र त
नदेउ मलाई दोश
तिम्रो धर्ती कतै मरुभूमी
कतै बगेछ भने भेल सँगै ।
घाम, जून र लाखौँ तारा
सँगै तिम्रो धर्ती बोकेको
म आकाश ।
तिम्रो क्षेप्यास्त्रले चिरेको
मेरो छाति त्यो
तिम्रो भूमिमा खस्यो भने
मेरो हैन लागेको चोट
तिम्रो हुने छ ।
– विकास बिम्बित

No comments:
Post a Comment