अचेल दोधारमा छ धुर्बे ।
मान्छेकै सिकारमा छ धुर्बे ।
हो माया गर्छ कसैलाई उ
कठै बरा प्यारमा छ धुर्बे ।
प्रियालाई सेनाले लगेछ
रिसको संघारमा छ धुर्बे ।
गर या मरको अवस्था हो
वार कि त पारमा छ धुर्बे ।
प्यार खोस्नेसंग लड्दै छ
खायो गोली हारमा छ धुर्बे ।
मान्छेलाई फासी छैन याँहा
पशु हुनुको मारमा छ धुर्बे ।
गजलकार-नबिन नेपाल
मान्छेकै सिकारमा छ धुर्बे ।
हो माया गर्छ कसैलाई उ
कठै बरा प्यारमा छ धुर्बे ।
प्रियालाई सेनाले लगेछ
रिसको संघारमा छ धुर्बे ।
गर या मरको अवस्था हो
वार कि त पारमा छ धुर्बे ।
प्यार खोस्नेसंग लड्दै छ
खायो गोली हारमा छ धुर्बे ।
मान्छेलाई फासी छैन याँहा
पशु हुनुको मारमा छ धुर्बे ।
गजलकार-नबिन नेपाल

No comments:
Post a Comment