![]() |
| राजु अधिकारी |
एकान्त वसी गाएर गीत जुहारी हुँदैन ।
माया र प्रिती लिनु र दिनु विधिको विधान
प्रेमको पूजा नगरे मान्छे पुजारी हुँदैन ।
लुकाई राख पवित्र तिम्रा लाजका गहना
मिलाइ लाउ भएका लुगा उधारी हुदैन ।
नखोज धनी धनले सँधै त्रासमा पार्दछ
मायाको जस्तो अक्षय कुनै भकारी हुदैन ।
जीवन के हो ? नश्वर देह मृत्यु नै सत्य हो
प्रेमको ज्योती जलाई घृणा नमारी हुदैन ।

No comments:
Post a Comment