Tuesday, December 18, 2012

गजल

झुटो गुणगान नहुन सक्छ
तिम्रो अपमान नहुन सक्छ
||

किन ढालेको अबिर फूलपाति
त्याहा भगवान नहुन सक्छ ||

मात्र तिमिले चाहेको जस्तो
आउने सम्बिधान नहुन सक्छ ||
 
भोलि भोलिको प्रतिक्षा नगर
चक्र अनुदान नहुन सक्छ ||
 
नया बटुवा नया शहरमा
समर्पण अन्जान् नहुन सक्छ

No comments:

Post a Comment