Tuesday, December 18, 2012

गजल

यहाँ मान्छेको सोचाई फरक छ
यहाँ मान्छेको रोजाई फरक छ । ।

फरक छ यहाँ धेरै कुरामा हेर्नु

आदी अनादी देखाई फरक छ । ।

बिडम्बना उच - निचको बिभेद
धनी गरीब को बसाई फरक छ । ।

आकाश-धर्तिको अन्तर छ यहाँ
जन मानसको सोधाई फरक छ । ।

अक्षर उहि हो किताब नि एउटै
हुने नहुने को पढाई फरक छ । ।

सबैको एउटै मात्र निधार न हो
यहाँ बिधाताको लेखाई फरक छ । ।

चौरासी ! ब्यञ्जन छ कसैलाई
साच्चै -लवाई खवाई फरक छ । ।
गजलकार -रोहित विक्रम कुवर  

No comments:

Post a Comment