Tuesday, December 18, 2012

गजल

सन्दिप ढकाल
क्षमा गर मेरी प्रिय मेरो यस्तै हाल भयो !!
परेलीमा झरी पर्यो सिरानीमा ताल भयो !!

सधैं जसो डुब्ने त्यही सम्झनाको तरेलीमा
आयो बाढी अनायासै नयनमा छाल भयो !!

तिमीदेखी यति टाढा बस्ने रहर हैन मेरो
बाध्य भएँ नभने है पिरतीमा जाल भयो !!

सधै हारें जिन्दगीमा जित्छु भन्न छाड्या छैन
यो जिन्दगी बाह्रमासे जुवाडेको खाल भयो !!

खुशी पर सर्दै गए झिना आशा मर्दै गए
चोखोमाया सबैलाई मेरोलागी काल भयो !!

No comments:

Post a Comment