Tuesday, December 18, 2012

गजल

म कती सम्झन्छु थाहा छ नि आमा ?
आमा आमा भन्छु थाहा छ नि आमा ?

टोक्ने र लुछ्ने, चिमोट्ने धेरै भए
अनी एक्लो बन्छु थाहा छ नि आमा ?

बिछोडमा तिम्रो भाब बिहोला हुन्छु
म सक्दो सहन्छु थाहा छ नि आमा ?



त्यो अङालो भेटिए कती रुन्थे होला
तेही दिन पर्खन्छु थाहा छ नि आमा ?

तैले हारिस नबिन भन्छ सपनि
बिउझेर तर्सन्छु थाहा छ नि आमा ?
गजलकार-नबिन नेपाल

No comments:

Post a Comment