Tuesday, December 18, 2012

गजल

 भोकाएका गिद्ध संगै मेरो छेउ रमाउन आओ
खुनको होली खेल्नेहरु मृत्यु उत्सव मनाउन आओ ||

 अल्पजीबी आडम्बरी पिपासुझैँ नजिउनु बिन्ति
 सत्यबादी ठान्छौ भने मेरो लास उठाउन आओ ||

 सत्कर्मेले स्वतन्त्रभै  जीबनको सार खोज्नु पर्छ 
सक्दैनौ त के हाल हुन्छ मेरो शब चिहाउन आओ ||

असत्तीको पन्जा भित्र जकडीने हजार छन् अझै 
निदाएझैँ गर्नेहरु  जाग अनि जगाउन आओ ||

गजलकार- नरेश रोकाहा

No comments:

Post a Comment