उदासी मन उदास् छ जिन्दगी भुलेको बेला
झनै पीडा थप्छौ किन? यो मुटु दुखेको बेला ||
उमंगको दीप बाली, रम्छु भन्थें जीबन् भरि
बषन्त बनेन शिसिर, तुसारो चुहेको बेला ||
म कसरी हाँसु भन, रहेन यो खुशी मेरो
दुनियाँ माझ म एक्लै, आँशुले रुझेको बेला ||
यस्तै हो कि कर्मरेखा, या त भाबिको लेखान्त
लुट्यौ तिम्ले पनि प्रिया, दैबले लुटेको बेला ||
जूनी जूनी साथ दिन्छु, भन्थ्यौ मरे संगै मर्छु
मुर्दाघाट्मा एक्लो बनें, म आँफु पुगेको बेला ||
लक्ष्मण भन्तना "शिरिष"
अश्राङ-४, गोरखा

No comments:
Post a Comment