हास्छौ खेल्छौ हामी दुई भोलि कस्को हुन्छौ होला
नछुट्ने त भन्छौ तर छुटे कति रुन्छौ होला ||
यदि हामी प्रेम याँ”त धन रोज्नु पर्ने भए
धन त्यागी साच्चै हामी हाम्रै प्रेम चुन्छौ होला ||
गह भिझ्ला छाती पोल्ला छुटिनुको पिडा खेप्दा
परेलीमा खोलि बगे हाम्रो याद धुन्छौ होला ||
भेट हुने छुटी जाने नियतिको खेल रैछ
साच्चै हामी यस्तै कथा छुटेपछि सुन्छौ होला ||
यो जुनीमा यस्तै भयो अर्को जुनी साथ होस
भनि हामी देउरालीमा फूलपाती छुन्छौ होला ||
पिवन कन्दङ्वा लिम्बू
आठराइ- छातेढुङ्गा- तेह्रथूम

No comments:
Post a Comment