Thursday, December 20, 2012

गजल


मलाई दुख पर्दा तिमी खुशी हुन्छौ था'भो  !!
मेरो आँशु झर्दा तिमी खुशी हुन्छौ था'भो  !!

मैले भरुं पराईले सिन्दुरको रंग यौटै
पराइले भर्दा तिमी खुशी हुन्छौ था'भो  !!

आँखा पुच्दैपुछ्दै तिम्रो बस्ती छोडुंला म
मैले बसाईं सर्दा तिमी खुशी हुन्छौ था'भो  !!


बिषपनि पिईदिउँला आँखा चिम्लीचिम्ली
म छट्पटी मर्दा तिमी खुशी हुन्छौ था'भो  !!

किनी राख मास बेसार साटी राख पैसा
अन्न बुर्की छर्दा तिमी खुशी हुन्छौ था'भो  !!

गजलकार - सन्दिप ढकाल

No comments:

Post a Comment