Thursday, December 13, 2012

पहिलो दोस्रो माया छुट्यो

पहिलो दोस्रो माया छुट्यो,

तेस्रो टुटे के होला र,
नफुटी रगत बगी सक्यो
फुटे मुटु के होला र ।।१।।


पहिलो माया बा आमाको
प्राण भन्दा प्यारो थियो,
दोस्रो माया त्यही मोरीको
बिर्सी बाँच्न सारो थियो ।।२।।


रोई रोई हाँसेको बल्ल
अब नरुँदा के होला र,
मेरै रगतमा धोका रैछ
मैले नछुदा के होला र ।।३।।
 

हिड्दा चस्स दुख्थ्यो मुटु
छातीमा हातले नै थामी रहेँ,
मौन बसी मन भित्रै,
अनगिन्ती पिडा साँची रहेँ ।।४।।


कोही आई अनयासै मायाको
जग हाल्दा के होला र,
खोजी पत्थर भित्र माया
लुटी लादा के होला र ।।५।।


दोष लाई तिमी जाँदा
अझै मन रोएको छैन,
तिमीले छोएको शरिर त्यसै छ,
सुन पानीले धोएको छैन ।।६।।


पिर,मर्का दुःख व्यथा
नबुझे तिमीले नि के होला र,
पाउनु जति गुमाई सकेँ,
भाग्य छुटे के होला र ।।७।।


पहिलो दोस्रो माया छुटोयो,
तेस्रो टुटे के होला र,
नफुटि रगत बगी सक्यो
फुटे मुटु के होला र

 Bharat Timalsina Darpan
दर्पण

No comments:

Post a Comment