Thursday, December 13, 2012

गजल

वियोगमा म डुवेथेँ उ डोलीमा रुँदै थिई
राजु अधिकारि
बेहोसभै म ढलेथेँ उ कसैको हुदै थिई ।

घाउ थियो मुटुभित्रै देखाउन सकिन छु
कता कता याद बनि उ नै घाउ छुदै थिई ।

पिडा जल्दा छाती पोल्यो मलहम खै कस्ले देला
बन्द कोठा मैलो याद उ खुशीले धुदै थिई ।

रित्याएर आँसु मेरा पोखरीमा रमाएर
पौडी खेल्दै घरि घरि उ त सुरा प्युदै थिई ।

सन्नाटा छ चारै तिर सुनि देला कस्ले मेरो
शिशीरमा सुक्यो 'जीवन' बशन्त उ ज्युदै थिई ।

No comments:

Post a Comment