Friday, December 14, 2012

गजल

बम्कन्छ त्यसै,आफुले आफै,के ठान्छ मान्छेले
सोच्दै छु आज,मरेर जाँदा,के लान्छ मान्छेले ||

सकेको हुन्न,बुझ्न त्यो आत्मा,मानव भित्रको
रिति र थिति,धर्म संस्कृति,के मान्छ मान्छेले ||

खोज्दछ छुन,आकासे तारा,घमण्ड गरेर
चाहेको जस्तो,विधिको बिधान,के धान्छ मान्छेले ||
 
जानेको हुन्छ,सदैव आफ्नो,स्वार्थमा रमाउन
सोचेर भलो,राम्रो नराम्रो,के छान्छ मान्छेले ||

बन्जर धर्ति,फोरेर बिज,उमार्न नसके
जिन्दगी धान्न,साँझ बिहान,के खान्छ मान्छेले ||

गजलकार-Supriya Kali




No comments:

Post a Comment