Friday, December 14, 2012

गजल

को दिन्छ जबाफ सबाल मात्र देख्छु म
सबैको आँखामा आहाल मात्र देख्छु म||

किसानको छोरा उ थाकेन जोतेर हलो
उसैको घरमा अनिकाल मात्र देख्छु म||

जलेरै खरानी हुने भो यो गाउ बस्ती
सबैको हातमा मसाल मात्र देख्छु म||

देखेर सपना झस्कन्छु हर रातमा
टुक्रदै गरेको नेपाल मात्र देख्छु म||

मौलाउदै गरेको खेती भो गजल यहाँ
सिकाउने गुरुकै संन्जाल मात्र देख्छु म||





जीतु खड्का गाउले
मोरङ उर्लाबारी

No comments:

Post a Comment