Friday, December 14, 2012

गजल

तिम्रो मेरो संसार अचम्मको
बाच्ने हाम्रो आधार अचम्मको

स्वरूप र बनावटको कुरइ छोडौ
रगत र रक्त संचार अचम्मको

सुन चादीले धपक्कै ढाकियको
तिम्रो हिरा को हार अचम्मको


मुखमा राम राम बगलीमा छुरा
मलाई गर्ने प्यार अचम्मको

अरु संग तिमि हास्दै जान्छअउ
म संगको व्यवहार अचम्मको

गोबिन्द चन्द सोडारी "समर्पण"

No comments:

Post a Comment