Friday, December 14, 2012

गजल


हत्केलाले सुर्यलाई छेक्न छोडिदिएँ
पूरा नहुने स्वप्ना मैले देख्न छोडिदिएँ||

शेर फुर्याऊँ काफियामा खोट मात्र सधैं
गजलकार हुन्न गजल लेख्न छोडिदिएँ||

रदिफ दोशछ भन्छन् कैले लय भएन
शेरहरुको चौतारीमा टेक्न छोडिदिएँ ||


साथ पाउँछु भन्दा भन्दै आधा उमेर बित्यो
जवानीको तार एक्लै रेट्न छोडिदिएँ||

पलभरको सिनेमालाई जहाजको भाडा तिर्न
खल्ती रित्तो भए परी  भेट्न छोडिदिएँ||

No comments:

Post a Comment