जब बैरी सामु मेरो झुकेको शिर हुन्छ|
माया मार्यो प्रदेशिले भन्छिन रे उन्ले त,
निदाउदा म छातीमा उनकै तस्बिर हुन्छ |
मन्दिर धाउछौ तिमी तर बुझ्दैनौ किन?
रगतै रगत पोतियको मन्दिर हुन्छ |
घरमुली भएपछी त सानै अर्को गाठें,
सधैं वल्लो गाउँ पल्लो गाउँ घुमफिर हुन्छ|
जोखिम महोल्नै पर्छ राम्रो फूल टिप्ने भए,
हो राम्रो फूल फूल्ने ठाउं मा जन्जिर हुन्छ|

No comments:
Post a Comment