Sunday, December 16, 2012

गजल

पसिना  चुहाउछ   जवान  परदेशमा
परेली  रुझाउछ   जवान  परदेशमा||

बाध्यताको खाल्टोमा आफैलाई धकेलेर
जीन्दगी कुहाउछ    जवान  परदेशमा||

पीउदै आँशु आफुले जाहान बच्चालाई
जसोतसो  खुवाउछ  जवान परदेशमा||

खुसियाली भोलीको सपना हज्जार बुन्दै
बेदना  लुकाउछ    जवान  परदेशमा||

गहभरि  आँशु लीई परिस्थीती देशको
दुखेसो  सुनाउछ    जवान  परदेशमा||

मेरो गौरब

No comments:

Post a Comment